बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । बिहीबार पनि सुन प्रतितोला ६ सय रुपैयाँले महंगिएको थियो ।

आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्