सामना बैंकिङ पुरस्कारबाट दुई पत्रकारसहित तीन जना सम्मानित « Arthapath.com
१४ पुष २०८१, आईतवार

सामना बैंकिङ पुरस्कारबाट दुई पत्रकारसहित तीन जना सम्मानित



काठमाडौँ । सामना बैंकिङ पुरस्कार गुठीले एक विज्ञ र दुई पत्रकारलाई पुरस्कृत गरेको छ । यो सालको बैंकिङ पुरस्कार नेपाली बैकिङ क्षेत्रका एक जना विज्ञ बीएन घर्तीले पाएका छन् ।

हालैमात्र प्रकाशित ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तकका लेखक घर्तीलाई गुठीले आइतबार राजधानीमा आयोजित एक समारोहका बीच पुरस्कार प्रदान गरेको हो । उनलाई स्वस्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नगद पुरस्कार सहित सम्मान गरेका छन् ।

उनले ७५ हजार रुपैयाँ राशीको पुरस्कार पाएका छन् । त्यस्तै, दुई जना आर्थिक पत्रकारहरुलाई पनि पुरस्कृत गरेको गुठीका संस्थापक एवम् अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए ।

डिजिटलतर्फ बिजमाण्डु अनलाइनका सम्पादक सुदर्शन सापकोटा र छापातर्फ अन्नपूर्ण पोस्ट दैनिककी बरिष्ठ संवाददाता ममता थापालाई पनि जनही नगद २० हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

यसबाहेक तीन जनालाई ‘रेवत बैंकिङ छात्रबृत्ति’ प्रदान गरिएको गुठीले जनाएको छ । उक्त छात्रबृत्ति रोहन व्यञ्जनकार, कपिल पौडेल र रोजा प्रधानाङ्गलाई प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्