नवनियुक्त पाँच राजदुतहरुले लिए राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त पाँच राजदुतहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
बुधवार राष्ट्रपति पौडेलले विभिन्न पाँच वट देशका राजदुतहरुलाई शपथ गराएका हुन् ।
एक कार्यक्रमका बीच गणतन्त्र पोर्चुगलका लागि प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियम अधिराज्यका लागि सेवा लम्साल, डेनमार्कका लागि सम्निमा तुलाधर र मलेसियाका लागि डा. नेत्र प्रसाद तिम्सिनाले शपथ लिएका हुन् ।
कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।