अडिटको समयमा बिदा नबस्न कर्मचारीलाई निर्देशन « Arthapath.com
२१ असार २०८२, शनिबार

अडिटको समयमा बिदा नबस्न कर्मचारीलाई निर्देशन



काठमाडौं । अन्तिम लेखा परीक्षण (अडिट) को समयमा बिदा नबस्नका लागि काठमाडौं महानगरपालिकाले कर्मचारीलाई निर्देशन दिएको छ ।

महानगरले आर्थिक वर्ष २०८०–८१ अडिटको कार्य अवधि भर बिदा नबस्न कर्मचारीलाई निर्देशन दिएको हो ।

उक्त अवधिमा सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारी र सबै वडाका सचिव, लेखा प्रमुख, राजश्व हेर्ने कर्मचारीलाई आव २०८०–८१ को अडिट नहुनजेञ्जल बिदा नबस्न भनेको हो ।


प्रतिक्रिया दिनुहोस्