एक दर्जन निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा सहभागी हुन नपाउने « Arthapath.com
१८ पुष २०८१, बिहीबार

एक दर्जन निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा सहभागी हुन नपाउने



काठमाडौं । सरकार एक दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम ती १२ कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगर, लक्ष्मी कन्स्ट्रक्सन गोरखा, सुष्मी, रविन कन्स्ट्रक्सन, त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, खिम निर्माण सेवा, मनका निर्माण सेवा लगायतका १० वटा कम्पनी कालो सूचीमा परेका हुन् ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले १ देखि ३ वर्षसम्म कुनै पनि खरिदबिक्री प्रक्रियामा सहभागि जनाउ पाउने छैन् । ती मध्ये केही कम्पनी ६ महिनाका लागि कालोसूचीमा परेका छन् भने केही तीन वर्षसम्मका लागि छन् ।


प्रतिक्रिया दिनुहोस्