यादव र शर्मा नवीकरणीय ऊर्जा कोषको सदस्यमा नियुक्त « Arthapath.com
२ श्रावण २०८३, शनिबार

यादव र शर्मा नवीकरणीय ऊर्जा कोषको सदस्यमा नियुक्त



काठमाडौं । अभिषेक यादव र रोजिना शर्मा केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लगानी समितिको सदस्यमा नियुक्त भएका छन् ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले यादव र शर्मालाई समितिको सदस्यमा नियुक्ति गरेका हुन् ।

उक्त कोषले नवीकरणीय तथा ग्रामीण ऊर्जा प्रविधिको विकास, प्रवर्द्धन तथा विस्तार गर्न अनुदान, भिजिएफ तथा कर्जा प्रवाह गर्ने, वित्तीय मध्यस्थकर्तामार्फत सहुलियत दरमा उपभोक्ता कर्जा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्