स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा रविसहित ३९ जना विरुद्ध मुद्दा दर्ता
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी आरोपमा रवि लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
काठमाडौंको कालीमाटीस्थित सहकारीको रकम ठगी आरोपमा उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको हो ।
१ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो । यस्तै, प्रतिवादी बनाइएका लामिछानेसहित ३९ जनालाई ७ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।













