बाढी पहिरो प्रभावितहरुको लागि इनड्राइभद्वारा घर निर्माण « Arthapath.com
१४ माघ २०८१, सोमबार

बाढी पहिरो प्रभावितहरुको लागि इनड्राइभद्वारा घर निर्माण



काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ । इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न ३३ लाख ५५ हजार ५०० ( २५,००० अमेरिकन डलर ) सहयोग गरेको हो ।

पीडितहरुको आवश्यकता पूरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरु निर्माण गरीरहेको हो । नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ वटा र गरी ५ वटा आवासहरु निर्माण भईरहेका छन् । यी आवासहरु जाडो गर्मी बाह्रै मास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् ।

बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरु टिकाउ र दिगो रहेका छन् । हरेक घरमा २ वटा बेड रुम, अगाडि पट्टी बार्दली र शौचालय र किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ । चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ । यी घरहरुमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियस भन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने गरी निर्माण गरिएको छ ।

घर निर्माणको साथसाथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारहरुलाई कम्बलहरु पनि प्रदान गरेको छ । इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई आश्रय प्रदान गर्ने मात्र नभै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेको बताए ।

यस सहकार्यले राहत वितरणको प्रयास र प्रभावित परिवारमा आशाको किरण छर्ने विश्वास व्यक्त गरे ।

इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले सामाजिक अन्यायलाई चुनौती दिने मिसनमा लागि परेको इनड्राइभ सन २०३० को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता व्यक्त गरे ।

दीगो समाधान र अर्थपूर्ण कामहरु मार्फत सामुदायिक हितको लागिराष्ट्रिय विपद् व्यवस्थापन केन्द्रससँग सहकार्य गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्