जाजरकोटमा भूकम्प पीडितको राहत जलाइयो « Arthapath.com
७ चैत्र २०८१, बिहीबार

जाजरकोटमा भूकम्प पीडितको राहत जलाइयो



काठमाडौँ । जाजरकोटमा भूकम्प पीडितका नाममा आएको राहत सामग्री समयमै वितरण नगर्दा म्याद सकिएपछि जलाइएको छ । भूकम्पबाट अति प्रभावित भेरी नगरपालिकालाई विभिन्न सङ्घ संस्था, व्यक्ति, सरकार, दातृ निकायले भूकम्प पीडितलाई वितरण गर्नु भनेर राहत दिएका थिए ।

तर समयमै वितरण हुन नसक्दा नगरपालिकाले राहत सामग्री जलाएको हो । बुधबार नगरपालिकाले केहि राहत सामाग्री म्याद सकिएको भन्दै लत्ता कपडा स्वीटर ज्याकेट टिर्सट र केहि खाद्यान्नहरु समेत जलाएको छ ।

२०८० कार्तिक १७ गते गएको विनासकारी बारेकोट गाउपालिकाको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पले जाजरकोटमा ठूलो धनजनको क्षति भएको थियो।


प्रतिक्रिया दिनुहोस्