निरन्तर घट्दै सेयर बजार, ४ अर्बमा खुम्चियाे काराेबार

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार पनि दाेहाेराे अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक १२.३८ अंकले घटेर २६ सय ६९ दशमलव ७६ विन्दुमा झरेकाे छ ।
नेप्से परिसूचक सँगै आज काराेबार रकमा पनि गिरावट आएकाे छ । आज ३१२ कम्पनीकाे ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँकाे काराेबार भएकाे छ ।
बुधबार ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँकाे काराेबार भएकाे थियाे ।
यसदिन ६२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १७५ मम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ७ कम्पनीकाे सेयर मूल्य स्थिर छ।
आज जिवन बीमा समुहका उपसूचक बाहेक सबै समुह राताम्य बनेका छन् । यसदिन सबैभन्दा बढी फाइनान्स समुह १. ३५ प्रतिशतले घटेकाे छ ।
यसदिन मिथिला लघुवित्त वित्तिय संस्था र भुगाेल इनर्जी डेभलपमेन्ट कम्पनीकाे सेयर मूल्य सबैभन्दा बढी १०/१० प्रतिशतले बढेकाे छ भने दाेल्ती पावर कम्पनीकाे सेयर मूल्य सर्वाधिक ७. ५३ प्रतिशतले बढेकाे छ ।