त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि बढ्यो, आजदेखि दैनिक १८ घण्टा खुल्ने

काठमाडौं। मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) दैनिक १८ घण्टा सञ्चालन हुने भएकाे छ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि हिजोसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो । आजदेखि सञ्चालन अवधि बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ ।
यसअघि सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेकोमा अब नयाँ व्यवस्था अनुसार बिहान ६ बजे खोलिने विमानस्थल राति १२ बजे बन्द हुने छ ।
ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्न सक्ने भएकोले सञ्चालन अवधि बढाइएको विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले बताए।
विमानस्थल कार्यालयका अनुसार स्तरोन्नति अघि विमानस्थल बिहान ६ बजेभन्दा अघि नै खुल्थ्यो भने राति २:३० बजेसम्म सञ्चालनमा रहन्थ्यो । नयाँ व्यवस्थाअनुसार रातिको २ घण्टा तथा बिहानको १ घण्टा सञ्चालन अवधि घटाइएको छ ।