प्रदूषण नियन्त्रणमा सरकारको गम्भीरता, पेट्रोलबाट चल्ने सवारीमा ‘युरो–६’ मापदण्ड « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

प्रदूषण नियन्त्रणमा सरकारको गम्भीरता, पेट्रोलबाट चल्ने सवारीमा ‘युरो–६’ मापदण्ड



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनमा युरो–६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानरी गराएका हुन् । वातावरण संरक्षणलाई प्राथमिकता दिँदै यस्तो मापदण्ड लागू गरिने उनले बताए ।

युरो–६ मापदण्ड एक युरोपेली उत्सर्जन मापदण्ड हो, जसले सवारीसाधनबाट निस्कने हानिकारक ग्यासहरू परिमाण न्युन गर्ने लक्ष्य राख्दछ । विशेषतः नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरूको परिमाण न्यून गर्ने लक्ष्य राख्छ ।

हाल नेपालमा अधिकांश सवारीसाधन युरो–३ वा युरो–४ मापदण्डमा आधारित छन् । नेपालमा युरो–६ मापदण्डको कार्यान्वयनले वातावरणीय प्रदूषणमा उल्लेख्य कमी ल्याउने अपेक्षा गरिएको छ ।

कार्यान्वयनसँगै ईन्धन गुणस्तरको सुधार, प्रवेश शुल्क नीतिमा परिमार्जन, र नियमित उत्सर्जन परीक्षण प्रणालीको स्थापनाजस्ता पूर्वाधार विकास आवश्यक पर्नेछ ।

नवीन तथा स्वच्छ ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गर्दै सार्वजनिक तथा निजी सवारीसाधनको वातावरणमैत्री रूपान्तरणमा सरकारको प्राथमिकता रहने छ ।

इलेक्ट्रिक गाडी, हाइड्रोजन फ्युल र एलपीजी प्रयोगमा आधारित सवारीसाधनलाई प्रवद्र्धन गर्ने नीति पनि उक्त कार्यक्रममा समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्