लगातार बढ्दै सुनकाे मूल्य, पाँच दिनमा ५२०० रूपैयाँ बढ्याे ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

लगातार बढ्दै सुनकाे मूल्य, पाँच दिनमा ५२०० रूपैयाँ बढ्याे ?



काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य निरन्तर बढीरहेकाे छ । गत शुक्रबारदेखि निरन्तर बढेकाे सुनकाे मूल्य बिहिबार पनि ताेलामा ५०० रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ तोकेको छ । बुधबार भने छापवाला सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस साता सुनकाे मूल्य आइतबार ताेलामा ३००, साेमबार १०००, मंगलबार २ हजार ९०० र बुधबार ताेलामा ५०० रूपैयाँले बढेकाे थियाे ।

साताको चौंथो दिन चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज सोहि मूल्यमा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्