गृहमन्त्री लेखकको राजीनामाबारे छानबिनमा सत्तापक्ष असहमत, प्रतिनिधिसभाको बैठकमा अबरोध

काठमाडौं । गृहमन्त्री रमेश लेखक भिजिट भिसाको प्रकरणमा मानव तस्करी गरिएको विषयमा छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरुबारे सत्तापक्षले असहमत जनाउदा प्रतिनिधिसभाको बैठक सञ्चालनमा ल्याउन सकेको छैन ।
प्रतिनिधिसभाको बैठक दिनहुँ दिन अवरोध हुँदा जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलद्धारा प्रस्तुत भएको आर्थि बर्षको बजेट विनियोजनमाथि समेत छलफल हुन सकेको छैन् ।
विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा बारे मागलाई अडान राख्दै संसदीय छानबिन नभए सम्म संसद चल्न नदिने अडान राख्दै आइरहेका छन् ।
यस्तै सत्तारुढ दलले भने अख्तियार दुरुपयोग अनुसान्धान आयोगबाट भइरहेको अनुसन्धानबारे संसदीय छानबिनको कुनै पनि औचित्य नरहेको बताएको छ ।
सत्तापक्षले भने सभामुख देबराज घिमिरेलाई सांसद चलाउन आहवान गरेका छन् भने विपक्षी दलहरुले भने जवरजस्ती सांसद चलाए प्रतिवाद गर्ने चुनौति दिएका छन् ।
नेकपा माओवादीकि सांसद रेखा शर्माले भिजिट भिसाबारे कुनैपनि छानबिन नगरि सत्ता पक्षले जबरजस्ती सांसद चलाउन खोजेको टिप्पणी गरेकि छिन् ।