नेपाल बीमा प्राधिकरणमा छुट्टै कक्ष स्थापना गरी इजलाश सञ्चालन

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजूरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाउनुभए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजूरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।