जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्ने सर्वोच्च अदालतद्धारा अस्वीकार

काठमाडौं । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्ने सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
राजावादीहरुको सडक आन्दोलनलाई समेट्दै जिल्ला प्रशासनले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्य क्षेत्रमा प्रदर्शान गर्ने नपाउने भन्दै निषेधाज्ञा घोषणा गरेको थियो ।
राजावादी जनआन्दोलन समितिका प्रवक्ता भद्रप्रसाद नेपालले रिट दायर गर्ने खोजेता पनि उक्त रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको हो तर, प्रवक्ता नेपालले पुन: रिट दर्ता गर्ने अदालत जाने बताएका छन् ।