सवारी लाइसेन्स छपाई ३ दिन बन्द, आवश्यक पर्ने व्यक्तिले २५ गतेभित्रै निबेदन बुझाउन बिभागको अनुरोध « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

सवारी लाइसेन्स छपाई ३ दिन बन्द, आवश्यक पर्ने व्यक्तिले २५ गतेभित्रै निबेदन बुझाउन बिभागको अनुरोध



काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई जेठ २७ गतेदेखी २९ गतेसम्म ३ दिनका लागि बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले बिहिबार सुचना जारी गर्दे लाइसेन्स छपाई ३ दिनका लागि बन्द रहने जनाएको छ ।

यातायात विभाग कार्यालयमा स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले लाईसेन्स छपाई बन्द गर्ने लागिएको विभागका सुचना अधिकारी गणेशमान सिंहले जानकारी दिएका छन् ।

सो अवधिमा अत्यावश्यक सवारीचालक अनुमतिपत्र आवश्यक पर्ने व्यक्तिले जेठ २५ गतेभित्रै निबेदन बुझाई स्वीकृत भएको यकिन गर्ने बिभागले अनुरोध गरेको छ । विभागका अनुसार अझै करिब ३० लाख प्रति सवारीचालक लाइसेन्स छाप्न बाकि रहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्