नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा लाग्ने शुल्कमा विशेष छुट « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा लाग्ने शुल्कमा विशेष छुट



काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई सुजुकी गाडीको अधिकृत विक्रेता न्यान्सी अटोमोबाइल्स बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकले न्यान्सी अटोमोबाइल्स बाट सुजुकी ब्रान्डका विभिन्न मोडेलका गाडि खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडिको खरिद रकममा थप रु. ३० हजार देखि १ लाख ७५ हजारसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र न्यान्सी अटोमोबाइल्सको तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्