ग्लोबल आइएमई समुन्नत योजना–२ मा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
८ असार २०८३, सोमबार

ग्लोबल आइएमई समुन्नत योजना–२ मा आवेदन दिने आज अन्तिम मौका



काठमाडाैं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा आवेदन दिने आज अन्तिम दिन हो।

सर्वसाधारणबाट मागभन्दा बढी आवेदन प्राप्त भएकाले आजको बैंकिङ समयपश्चात् योजना अन्तर्गत इकाई खरिदका लागि आवेदन लिन बन्द गरिनेछ।

उक्त योजना ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे बन्दमुखी योजना हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाई, अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको कोष बिक्रीमा ल्याएको हो।

१२ करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई योजनाको व्यवस्थापन तथा बीज पूँजीका लागि छुट्याइएको छ। यसमध्ये १.५० प्रतिशत (१८ लाख इकाई) योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३.५० प्रतिशत ९१ करोड ६२ लाख इकाई० बीज पूँजीका रूपमा राखिएको हो। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।

यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।


प्रतिक्रिया दिनुहोस्