सिटिजन्स सदाबहार योजनामा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
८ असार २०८३, सोमबार

सिटिजन्स सदाबहार योजनामा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा असार १३ गतेदेखि निष्काशनमा ल्याइएको सामूहिक लगानी कोष ‘सिटिजन्स सदाबहार योजना’ को इकाई खरिदका लागि आवेदन दिन आज अन्तिम दिन हो।

यो योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको लगानी योजना हो, जसको कुल आकार ५० करोड रुपैयाँ बराबर रहेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५ करोड इकाई बिक्रीमा ल्याएको हो। जसमध्ये न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेश्नल का लागि सुरक्षित राखिएको छ। बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि पहिलो चरणमा निष्काशन गरिएको हो।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेड ले लिएको छ।


प्रतिक्रिया दिनुहोस्