किया इन्डियाको बिक्री तथा मार्केटिङको नयाँ नेतृत्वमा अतुल सूद
काठमाडौं । भारतीय बजारमा अग्रणी मास(प्रीमियम अटो निर्माता कियाले अतुल सूदलाई नयाँ बिक्री तथा मार्केटिङ वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको छ ।
उक्त नियुक्ति सन् २०२५ जुलाई ११ देखि लागू हुनेछ। सूदले किया इन्डियाका मुख्य बिक्री अधिकृत (सिइओ) जुन्सु चोलाई प्रत्यक्ष रिपोर्ट गर्नेछन्।
अतुल सूदसँग अटो उद्योगमा झण्डै तीन दशकको अनुभव छ। उनले यसअघि टोयोटा मोबिलिटी सोलुसन्स एण्ड सर्भिसेज इन्डिया (टिएमएसएस) मा प्रेसिडेन्ट तथा निर्देशक का रूपमा काम गरेका थिए।
उनले भारतभर टोयोटाका प्रमाणित प्रि–ओन्ड कार आउटलेटहरूको सञ्चालनमा उल्लेखनीय सफलता हासिल गरेका थिए।
यसअघि सूदले टोयोटा किर्लोस्कर मोटर्स र टोयोटा मोटर एशिया प्यासिफिकमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
उनले सिम्बायोसिस सेन्टर फर म्यानेजमेन्ट एन्ड एचआरडी, पुणेबाट मार्केटिङमा स्नातकोत्तर उपाधि तथा थापर इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन्।
किया इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ ग्वाङगु लीले सूदको स्वागत गर्दै भने, ‘हामी किया इन्डिया परिवारमा अतुल सूदको स्वागत गर्न पाउँदा निकै उत्साहित छौं। उनको गहिरो औद्योगिक अनुभव र रणनीतिक सोचले हाम्रो बजार उपस्थिति बलियो बनाउने र ग्राहक सन्तुष्टि अझ सुदृढ गर्ने विश्वास लिएका छौं।’
नयाँ जिम्मेवारी पाएका अतुल सूदले पनि किया जस्तो नवीन सोच र ग्राहक–केन्द्रित ब्रान्ड सँग आबद्ध हुन पाउँदा गर्व लागेको बताएका छन्। उनले भने, ‘किया इन्डियाको नवप्रवर्तनमा समर्पण र ग्राहकप्रतिको प्रतिबद्धता मेरो व्यक्तिगत दृष्टिकोणसँग मेल खान्छ। म टिमसँग मिलेर मूल्य अभिवृद्धि गर्न र भारतभर सस्टेनेबल ग्रोथ हासिल गर्न तत्पर छु।’
उद्योगका अनुभवी नेताका रूपमा सूदलाई अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन र व्यवसाय वृद्धिमा योगदान पुर्याउने व्यक्तित्वको रूपमा चिनिन्छ। किया इन्डियाको भविष्यलाई अगाडि बढाउन उनको अनुभव र दुरदृष्टिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।












