सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे « Arthapath.com
७ असार २०८३, आइतबार

सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे



काठमाडाैं । बिहिबार नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ । आज सुन बुधबारकै मूल्य प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार भने सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३०५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्