सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च « Arthapath.com
७ असार २०८३, आइतबार

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च



काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । बिहिबार स्थिर रहेकाे सुनकाे मूल्य आज ताेलामा ९०० रूपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा १ लाख ९९ हजार ४०० रूपैयाँ ताेकिएकाे छ । याे मूल्य हालसम्मकै उच्च मूल्य हाे ।

हिजाे छापालाल सुन १ लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको २ हजार ३२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३१५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्