निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थपियो, अब कहिलेसम्म दिने ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थपियो, अब कहिलेसम्म दिने ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ ।

बैंकले गत जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्