यी कम्पनीका लगानिकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ । बिहिबार १८.९६ अंकले घट्दा २०३७.९२ अंकमा कारोबार बन्द भएको थियो । आज पनि नेप्से २७.९२ अंकले घट्दा २०१०.०१ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिकृत भएको २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्व ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से ओरालो लाग्दा अपर हेवाखोला हाइड्रोपावर ८.१० प्रतिशत, कालिका पावर कम्पनी २.८८ प्रतिशत, सामलिङ पावर कम्पनी २.४४ प्रतिशत, सिटीजन म्युचल फण्ड २.३६ प्रतिशतले बढेको छ ।
