सानिमा बैंकको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको ९ प्रतिशत बोनस बापतको १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएको छ ।