थप तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
२८ माघ २०८०, आईतवार

थप तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन डिस्टीलरी, सांग्रिला डेभलपमेन्ट बैंक र स्वावलम्वन लघुवित्तको ५६ लाख ५८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा हिमालयन डिस्टीलरीको १० प्रतिशत बापतको २४ लाख २९ हजार ५६६ दशमलव६५ कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको १६ लाख ३३ हजार ७९५ दशमलव ८६ कित्ता र स्वावलम्वन लघुवित्तको १२.३५९९ प्रतिशत बापतको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यी तीनै वटा कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्