नेप्सेमा थपियो ६ कम्पनीको २ बोनस सेयर, कुनको कति कित्ता सूचीकृत ? « Arthapath.com
४ फाल्गुन २०८०, शुक्रबार

नेप्सेमा थपियो ६ कम्पनीको २ बोनस सेयर, कुनको कति कित्ता सूचीकृत ?



काठमाडौं । पछिल्लो दुई हप्तामै सेयर बजारमा २ करोड कित्ता बढी बोनस सेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई विकास बैंकसहित ६ कम्पनीको २ करोड ९ लाख ३४ हजार कित्ता बढी बोनस सेयर सूचीकृत भएको हो ।

सो अवधिमा नेप्सेमा गत अघिल्लो शुक्रबार अर्थात् माघ २६ गते सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको १६ लाख ३३ हजार ७९५ दशमलव ८६ कित्ता बोनस सेयर सचीकृ भएको हो । सोही दिन हिमालयन डिस्टीलरीको पनि १० प्रतिशत बापतको २४ लाख २९ हजार ५६६ दशमलव ६५ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १२.३५९९ प्रतिशत बापतको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, गरिमा विकास बैंकको ९.५० प्रतिशत बापतको ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता, सानिमा माइ हाइड्रोपावरको ३० लाख ८९ हजार २५२ कित्ता र चिलिमेको ७२ लाख ५८ हजार १८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्