सेयर बजारको ओरालो यात्रा कायमै « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

सेयर बजारको ओरालो यात्रा कायमै



काठमाडौं । सेयर बजारको ओरालो यात्रा कायमै देखिएको छ । लागतार तीन दिनदेखि बजारमा गिरावट आएको हो ।

साताको अन्तिम कारोबार दिन पनि बजार ५.४९ अंक घटेको छ । बिहीबार बजार परिसूचक पनि २ हजार ६४१.४६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज हाइड्रोपावर समूह मात्रै ४२.३९ अंक वृद्धि भएको छ । लगानी समूह भने झिनो अंकले हरियो बनेको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।

आज कारोबार आएकामध्ये ९४ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ । १५३ वटाको भने घटेको देखिन्छ ।
आज कारोबार रकम भने केही सुधार भएको छ । आज ७अ र्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्