हिमालयन एभरेष्टले सेयरधनीहरुको खातामा पठाउन सुरु गर्यो नगद लाभांश « Arthapath.com
२८ माघ २०८०, आईतवार

हिमालयन एभरेष्टले सेयरधनीहरुको खातामा पठाउन सुरु गर्यो नगद लाभांश



काठमाडौं । हिमालयन एभेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा लाभांश पठाउन सुरु गरेको छ ।

कम्पनीले आइतबार (माघ २८ गते) देखि गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने भनिएको ६.३७ प्रतिशत नगद लाभांश सेयरधनीहरुको खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव कम्पनीको गत माघ २५ गतेसम्म साधारण सभाले पारित गरेको छ ।

नगद तथा बोनस सेयर प्राप्त गर्नका लागि भने सम्वन्धीत सेयरधनीहरुले डिम्याट खाता र बैंक खाता अपडेट गर्नुपर्नेछ । हाल नगद लाभांश पठाएपनि बोनस सेयर भने सूचीकरण भएपछि मात्रै सम्वन्धीत सेयरधनीहरुको हितग्राही खातामा पठाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्