सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२४ बैशाख २०८१, सोमबार

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २८.४० प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको बैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश अब नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्