छुट्ला है युनाइटेड इदी मार्दीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

छुट्ला है युनाइटेड इदी मार्दीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आज युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार बुकल क्लोज गर्दैछ । यसका आधारमा आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव कम्पनीले फागुन १७ गते बस्ने साधारण सभाले पारित गर्नेछ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ । कम्पनीको सभा आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस्