छुट्ला है सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तको लाभांश, सुरिक्षत गर्ने आज अन्तिम मौका « Arthapath.com
१० फाल्गुन २०८०, बिहीबार

छुट्ला है सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तको लाभांश, सुरिक्षत गर्ने आज अन्तिम मौका



काठमाडौं । बिहीबार (फागुन १० गते) दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीयले संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौको हो ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि आगामी फागुन १३ गते आइतबार बुक क्लोज गर्दैछ । यसका आधारमा आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यो वर्ष हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा गर्ने भएको हो ।

त्यस्तै, स्वरोजगार लघुवित्त पनि आफ्ना सेयरधनीलाई यो वर्ष हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।सो प्रस्ताव पारित गर्न कम्पनीले फागुन २६ गते साधारण सभा बोलाएको छ । सभा नेपाल हाउस, हात्तीसार, काठमाडौंमा दिउँसो साढे ११ बजे शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्