छुट्ला है डिप्रोक्स लघुवित्तको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

छुट्ला है डिप्रोक्स लघुवित्तको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १५ गते बुकक्लोज गर्दैछ ।

त्यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश वितरणयोग्य बनाउनका लागि चैत २५ गते आइतबार बाईसौँ वार्षिक साधारण सभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्