प्रभु इन्स्योरेन्सको ९.१५७ प्रतपशत लाभांश घोषणा « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

प्रभु इन्स्योरेन्सको ९.१५७ प्रतपशत लाभांश घोषणा



काठमाडाैं । काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको २०८२ फागुन १७ गते बसेको सञ्चालक समितिको ४५९ औं बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल ९.१६७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस प्रस्तावअनुसार ८.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीहरूले प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्