शेयर बजार दोहोरो अंकले बढ्यो, २ अर्ब ५६ करोड रुपैयाँको कारोबार « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

शेयर बजार दोहोरो अंकले बढ्यो, २ अर्ब ५६ करोड रुपैयाँको कारोबार



काठमाडौं । बुधबार शेयर बजार नेपाल स्टक एक्सचेञ्जका नेप्से परिसूचक १३.०५ अंकले बढेर एक हजार ५०८.२० मा पुगेको छ । नेप्से ०.८७ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक ०.१९ अंकले बढेर २९९.६६ मा पुगेको छ ।

त्यस्तै, कूल १९४ वटा कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर भने घटेको छ ।


प्रतिक्रिया दिनुहोस्