बिहिबार नेप्सेमा देखियो हरियाली, ३ अर्व ३१ करोडको कारोवार « Arthapath.com
१ आश्विन २०७७, बिहीबार

बिहिबार नेप्सेमा देखियो हरियाली, ३ अर्व ३१ करोडको कारोवार



काठमाडौं । सेयर कारोवार हुने साताको अन्तिम दिन विहिकार सेयर बजार हरीयाली बनेको छ ।

बिहिबार सेयर बजारमा प्रायः सबै कम्पनीका सेयर बढेर हरीयाली बने । नेप्से बिहिबार ३०.७८ प्रतिसतले बढेर १५७२.१८ अंक पुगेको छ । बिहिबार १९१ वटा कम्पनीको ३ अर्व ३१ करोड ५६ लाख ६४ हजार ३ सय १९ रुपैयाँको सेयर किनवेच भएको छ ।

१ करोड १८ लाख ३ सय ४ कित्ता सेयर कारोबार भएका छन । डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हटेसंगै बजारमा नयाँ अर्थमन्त्री आउने चर्चा छ । खतिवडा दोहोरिने भयले बजार माथी उठ्न सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्