धितोपत्र बोर्डका अध्यक्ष भन्छन्, आईपिओमा १० कित्ते प्रथा हटाऔं, कम्तिमा ५० कित्ता पाउने व्यवस्था गरौं « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

धितोपत्र बोर्डका अध्यक्ष भन्छन्, आईपिओमा १० कित्ते प्रथा हटाऔं, कम्तिमा ५० कित्ता पाउने व्यवस्था गरौं



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले आईपिओमा अहिले भैरहेको १० कित्ता सेयर पाउने प्रथा हटाउनुपर्ने बताएका छन । सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले १० कित्ते सेयर पाइने प्रथाले बजारमा धेरै विकृती आएको जनाए ।

उनले १० कित्ताको लागी डिम्याट, मेरो सेयर, ब्रोकर आइडी र त्यसको लागी खर्चनुपर्ने समयलाई हिसाव गर्नेहो भने यो १० कित्ते प्रथा बोझिलो हुने बताए । लगानीकर्तालाई १० कित्ता सेयरको लागी गर्नुपर्ने झण्झट धेरै छ अव कम्तीमा ५० कित्ता सेयर पाउनेगरी व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।

‘सबै कुराका आ–आफ्ना फाइदा र वेफायदा हुन्छन् । १० वटा कित्ता दिनाले एकदमै फाइदा भएको छ, र यो हुनैपर्छ भन्ने पनि होइन ।’ अध्यक्ष ढुङ्गानाले थपे १० कित्तामा मात्रै लगानी गर्न पायो र अरुमा लगानी गर्न पाएन भने १० कित्ताका लागि डिम्याट खोल्नु पर्यो, डिम्याटको शुल्क तिर्नुपर्यो, केवाइसी भर्नुपर्यो, रेकर्ड मेन्टन गर्नुपर्यो, सेयर कारोबार गर्नलाइ बैंक खाता खोल्नुपर्यो त्यसमा पनि ब्यालेन्स मेन्टन गर्नुपर्यो । कारोबार गर्दा १० कित्ता परेको छ १० कित्ता भनेको एक हजार रुपैयाँ हालिसकेपछि भोलि उसले ५० रुपैयाँ डिभिडेण्ट पाउँछ ५ प्रतिशत भयो यो लगानीकर्ताको लागी भार हो ।

एउटा लगानीकर्ताले ५० कित्तासम्म चाहिँ भयो भने उसलाई सेयर लगानी गरेको अनुभूति हुन्छ भन्ने कुरा हो । बुक विल्डिङमा ५० कित्ता गर्नुपर्छ भनेर भनेका छांै । लगानीकर्तालाइ ५० कित्ता पुर्याउनुपर्छ कि भनेर हामी छलफल गरिरहेका छौ ।


प्रतिक्रिया दिनुहोस्