सगरमाथा इन्स्योरेन्सको नाफा ५ करोड ९३ लाख, ३५ करोड ८१ लाख बीमाशुल्क « Arthapath.com
७ मंसिर २०७७, आईतवार

सगरमाथा इन्स्योरेन्सको नाफा ५ करोड ९३ लाख, ३५ करोड ८१ लाख बीमाशुल्क



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा खुद बीमाशुल्क ३२ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आय १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गत वर्ष यस अवधिमा कम्पनीको आय १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने गत बर्ष यस अवधिमा ५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ, जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनीको गत बीमा कोषमा आर्थिक वर्षको त्रैमासमा ४८ करोड ८७ लाख रुपैयाँ रहेको थियो भने बीमा कोषमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६५ करोड ९२ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै, मूल्य आम्दानी अनुपात ९पिई रेसियो० ४० रुपैयाँ ३५ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ ४४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्