नेशनल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो ११ करोड ८३ लाख, खुद बीमा शुल्क २ अर्व ८० करोड
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासमा ११ करोड ८३ लाख खुद नाफा कमाएको छ । पछिल्लो समय निक्कै आक्रामक विजनेश गरेको नेशलन लाइफले को नाफामा कोरोनाको अशर देखिएको छैन ।
कम्पनीले गत आवको सोही अवधिमा ११ करोड ५३ लाख खुद नाफा कमाएको थियो । कम्पनीले चालु आवको पहिलो त्रैमासमा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
विमा शुल्मा गत आवको पहिलो त्रैमासमा भन्दा झण्डै डवल गर्न सफल भएको छ । उसले गत आवको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले ८ लाख ८२ हजार बिमा लेख जारी गरेको थियो ।