नेप्सेमा ९ अर्वको कारोवार हुँदै नयाँ रेकर्ड कायम, आइतबार एकै दिन ७५ अंकले बढ्यो सेयर बजार « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

नेप्सेमा ९ अर्वको कारोवार हुँदै नयाँ रेकर्ड कायम, आइतबार एकै दिन ७५ अंकले बढ्यो सेयर बजार



काठमाडौं । कारोबार सुरु भएको साताको पहिलो दिन सेयर बजारमा हालसम्मकै सबैभन्दा बढी कारोवार हुँदै रेकर्ड कायम भएको छ । आइतबार कारोवार सुरु हुँदा १९१२ अंकबाट सुरु भएको बजार कोल्जीङमा पुग्दा बजार १९६८.२७ मा पुगेर बन्द भएको छ । आइतबार सेयर बजारमा ९ अर्व १९ करोड ९० लाख ८७ हजार ८६८ रुपैयाँको कारोवार भएको छ ।

कारोबारको मध्य समयमा बजार १९७० अंकसम्म पुगेर बजार पुनः करेक्सन हुँदै झण्डै पुरानै विन्दुमा पुग्न सफल भएको छ । बैंकिङ समुहमा हरियाली छाउँदा सेयर बजारमा कारोवार रकम ह्वात्तै बढेको हो । बजार ७५.०२ अंकले बढेर बन्द भएको थियो ।

आइतबार बाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, लाइफ इन्स्योरेन्स समुहको सेयरमा हरियाली छाउँदा बजार बढेको छ । त्यसैगरी ननलाइफ इन्स्योरेन्स, होटल, उत्पादन समुहको बजारमा भने केही गिरावट आएको छ । आज विकास बैंक समुहको १५९ अंकले बजार बढेको छ भने बाणिज्य बैंक समुहमा १०९ अंकले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्