नेप्सेमा एचआईडीसीएलको हकप्रद सेयर समायोजन, कति छ समायोजित मूल्य ? « Arthapath.com
२८ जेष्ठ २०७८, शुक्रबार

नेप्सेमा एचआईडीसीएलको हकप्रद सेयर समायोजन, कति छ समायोजित मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रदमा मूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ४३ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय ८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको थियो । कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्ने छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि जारी गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्