सेयर बजार बढाउन अर्थमन्त्रीको दबाब, सेयर धितो कर्जामा लचकता अपनाउने गभर्नरको प्रतिबद्धतापछि उछालियो बजार « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

सेयर बजार बढाउन अर्थमन्त्रीको दबाब, सेयर धितो कर्जामा लचकता अपनाउने गभर्नरको प्रतिबद्धतापछि उछालियो बजार



काठमाडौं । विगत १ साता देखी सेयर बजारमा गएको पहिलो आज पुरानै लयमा फर्किने सङ्केत देखिएको छ । लगानीकर्ता सङ्घको विभिन्न माग राख्दै आन्दोलन गरेपछि अर्थमन्त्री जनार्दन शर्माले सेयर धितोमा प्रदान गरिने कर्जामा लचकता अपनाउन दबाब दिएका छन् । 

सोमबार अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई सेयर धितोमा प्रदान गरिने कर्जामा खुकुलो बनाउन फोनमार्फत निर्देशन दिएका थिए । अर्थमन्त्रीको दबाबपछि सोमबार सेयर बजार यस समाचार तयारपार्दासम्म ८७ अङ्कले बढेको छ ।  

सेयर कर्जामा राष्ट्र बैङ्कले कढाइगरेसँगै सेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो । अर्थमन्त्रीले सेयर बजारमा के भएको भन्दै चासो राखेका थिए । 

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । अर्थमन्त्रालयद्वरा जारी प्रेस वक्तव्यमा भनिएको छ । 

राष्ट्र बैङ्कद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ । 

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ । 

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्र बैंकले गत मौद्रिक नितीमार्फत एक व्यक्तिले एउटा बैंकिङ संस्थाबाट बढीमा ४ करोडसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको छ । एउटा व्यक्तिले मार्जिक प्रकृतिको सबै गरेर १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । 

Tags :

प्रतिक्रिया दिनुहोस्