नेप्सेकाे सीईओ लागि ११ जनाकाे दरखास्त, साउदले दिएनन् आवेदन « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

नेप्सेकाे सीईओ लागि ११ जनाकाे दरखास्त, साउदले दिएनन् आवेदन



काडमाडाैं । नेपाल स्टक एक्चेन्ज (नेप्से) काे सीईओकाे लागी ११ जनाकाे दरखास्त परेकाे छ । सेयर बजारकाे नियामक निकायकाे सीईओ बन्न दावेदारहरू शक्तिकेन्द्र धाउन थालेका छन् ।

नेप्सेकाे सीईओ बन्न बद्रीप्रसाद प्याकुरेल, प्रविण पन्दाक, जीवन अमगाई, कृष्ण कार्की, डा. रमेशकुमार भण्डारी, छविराज पन्त, निरञ्जन फुयाँल, दिपक गाैतम, गाेविन्द दाहाल, रमेश घिमिरे र केशव श्रेष्ठले दरखास्त दिएका छन् ।

यसअघि नेप्सेकाे सीईओ रहेका चन्द्रसिंह साउदले परिवारकाे नाममा बुक विल्डीङबाट निष्काशन हुन लागेकाे सर्वाेत्तम सिमेन्टकाे सेयर सस्ताे मुल्यमा खरिद गरेका थिए । साेही विषयमा अर्थ मन्त्रालयकाे दवावमा साउदले राजिनामा गरेका थिए । गैरकानुनी सेयर खरिदमा मुछिएका साउद फेरी नेप्से फर्कने धेरैले अनुमान गरेका थिए । तर साउदले आवेदन नै दिएनन् ।

नेप्सेकाे सीईओकाे लागी आवेदन दिने आज अन्तिम दिन हाे । नेप्से सरकारले गरेकाे भागवण्डा अनुसार माओवादीकाे भागमा परेकाे छ ।


प्रतिक्रिया दिनुहोस्