नेपालमा मात्र होइन, पछिल्लो २ वर्षमा यसरी बढेका छन् संसारका ठूला धितोपत्र बजार « Arthapath.com
२९ कार्तिक २०७८, सोमबार

नेपालमा मात्र होइन, पछिल्लो २ वर्षमा यसरी बढेका छन् संसारका ठूला धितोपत्र बजार



काठमाडौं । अहिले नेपाली शेयर बजार उचाइमा छ । पछिल्ला दिनमा केही घट्ने लयतिर फर्किएको भए पनि यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकले ३२०० अंकसम्म पुगेर कीर्तिमान कायम गरिसकेको छ । यही नेप्से परिसूचक दुई वर्षअघि ११३० अंकको हाराहारी थियो । अहिले बजार परिसूचक २७१५ अंकमा पुगेको छ । यो भनेको १४० प्रतिशतको बृद्धि हो ।

कोरोना महामारीपछि यसरी उचालिएको नेपाली शेयर बजार संसारमा बढ्ने एकमात्र बजार भने होइन । महामारीले संसारभरकै शेयर बजारलाई नयाँ उचाइतर्फ डोर्याएको छ । यसबीच अमेरिका, चीन, भारतजस्ता ठूला अर्थतन्त्रका शेयर बजारहरु पनि उकालो लागेका छन् । फरक यत्ति हो की, कसैको रफ्तार निकै उच्च छ, कसैको कम । हेरौं, कुन कुन स्टक एक्सचेञ्जका सूचकले पछिल्लो दुई वर्षमा कति फड्को मारे ?


प्रतिक्रिया दिनुहोस्