शेयरधनी झुक्क्याउँदै एसियन लाइफ, तिन आर्थिक वर्षको २७ प्रतिशत लाभांश घोषणा « Arthapath.com
३० कार्तिक २०७८, मंगलवार

शेयरधनी झुक्क्याउँदै एसियन लाइफ, तिन आर्थिक वर्षको २७ प्रतिशत लाभांश घोषणा



काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले २७ प्रतिसल लाभांश घोषणा गरेको छ । मङ्गलवार साँझ बसेको सञ्चालक समितिको बैठकले शेयर धनीलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले २५ प्रतिशत बोनस सेयर तथा २ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

कम्पनीले २०७४/२०७५, २०७५/२०७६ र २०७६/२०७७ तिन आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयर धनीलाई २७ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले विगतको सञ्चित मुनाफा तथा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

तिन आर्थिक वर्षको मुनाफा जोडेर हेर्दा न्यून हो । पुरानो भइकन राम्रो गर्न नसकेको एसियन लाइफले शेयर धनीलाई ती आर्थिक वर्षको जोडेर २७ लाभांश दिएर भ्रममा पारिरहेको छ । 

कम्पनीको दुई अर्ब एक करोड  चुक्ता पुँजीबाट बोनस वितरणपछि ५० करोड २६ लाख थपिएर २ अर्ब ५१ करोड पुग्नेछ । कम्पनीले घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत प्रश्चात साधारणसभाबाट पारितपछि वितरण गरिने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्