ईसेवाबाट एनआइबिएल सहभागिता फण्डका ईकाईहरु खरिद गर्न सक्ने
काठमाडौं । ईसेवाबाट एनआइबिएल सहभागिता फण्डका ईकाईहरु खरिद गर्न सक्ने भएका छन् । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर गदै हिजोबाट एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको हो ।
यस अघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई Connect IPS, Khalti र Nepal Investment Bank Ltd को E-Banking बाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । अव इसेवाबाट पनि ईकाईहरु खरिद गर्न सक्ने क्यापीटलले जनाएको छ ।
थप जानकारीको लागि एस क्यापीटल को प्रमुख शाखाको टेलिफोन नम्बर ०१४४२५२८० अथवा [email protected] मा ईमेल गर्न सक्ने क्यापीटलले जनाएको छ ।













