कस्तो रह्यो यो साताको शेयर बजार ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

कस्तो रह्यो यो साताको शेयर बजार ?



काठमाडौँ । यो साता शेयर बजार उतार चढावका बिच बन्द भएको छ । साताको पहिलो दिन आइतबार ११.६० अङ्कले घटेको बजार शेयर कारोबार मापक नेप्से परिसूचक २७५७.५३ अङ्कमा पुगेर बजार बन्द भएको थियो । यस दिन ४ अर्ब ३५ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको थियो ।

त्यसै गरी साताको दोस्रो दिन सोमबार ७.९० अङ्कले बजार बढेर परिसूचक २७६५.४३ अङ्कमा पुगेको थियो । बजार बढे पनि सोमबार शेयर कारोबार रकम खुम्चँदै ३ अर्ब १२ करोडमा सीमित भएको हो ।

मङ्गलवार नेप्से भारी अङ्कले घटेर परिसूचक २७३३ अङ्कमा पुगेर बजार बन्द भएको हो  यस दिन ४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै साताको चौथो दिन बुधवार भने नेप्से १.८९ अङ्कले बढेर परिसूचक २७३५ पुगेको थियो ।

साताको अन्तिम दिन हिजो बिहीबार पनि नेप्से ३ अङ्कले ओरालो लागेर परिसूचक २७३१.७८ अङ्कमा पुगेर बजार बन्द भएको छ ।  बुधवार ४ अर्ब २१ करोडको शेयर कारोबार भएकोमा हिजो अन्तिम दिन कारोबार रकम ३ अर्ब ७८ करोड रुपैयाँमा खुम्चिएको थियो  । यो साताभर ५ अर्बभन्दा बढी रकमको शेयर कारोबार हुन नसकेको हो ।


प्रतिक्रिया दिनुहोस्