सोमबार २१ अंकले ओरालो लाग्यो नेप्से « Arthapath.com
२ श्रावण २०८३, शनिबार

सोमबार २१ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेप्से २१ अंकले ओरालो लागेको छ । आज नेप्से २१.५१ अंकले बजार घटेर शेयर कारोबार मापक नेप्से परिसुचक २६२९.९७ अंकमा पुगेर बजार बन्द भएको छ ।

हिजो ८० अंकले ओरालो लागेको बजार आज पनि २१ अंकले घटेको छ । बजारसंगै कारोबार रकम पनि आज घटेको छ । हिजो ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो तर यस दिन कारोबार रकम खुम्चदै ४ अर्ब ८ करोड ९३ लाख ७ हजारमा सिमित भएको छ ।

आज दिनभर २ सय २८ कम्पनिका लगानिकर्ताले ८ करोड २२ लाख ५ हजार ८ सय २२ कित्ता शेयर ५१ हजार १ सय ३८ पटक किनबेच हुदा ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको हो ।

आज हाईड्रोपावर र मअचुअल फन्डका लगानिकर्ताले बाहेक सबै समुहका लगानिकर्ताले गुमाएका छन । हाईड्रोपावर र मअचुअल फन्ड समुह क्रमश ०.२ र ०.०२ अंकले बढेको छ । यस दिन सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । यो समुह ११७ अंकले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले शेयर कर्जाको ४/१२ करोड सीमालाई कायमै राखेका कारण शेयर बजार ओरालो लागेको लगानिकर्ता बताउँछन ।


प्रतिक्रिया दिनुहोस्