लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम खुम्चदै
काठमाडौं । यो साता लगातार ३ दिन नेप्से घटेको छ । आइतबार र सोमबार भारी अंकले घटेको नेप्से आज १.६४ अंकले घटेर कारोबार मापक नेप्से परिसुचक २६२८.३७ अंकमा पुगेर बजार बन्द भएको छ ।
नेप्से झिनो अंकले घटेपनि आज कारोबार रकम भने घटेको छ । आइतबार ५ अर्बको शेयर कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो । आज भने कारोबार रकम घट्दै ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
आज दिनभर २ सय २५ कम्पनिको ६ करोड ४४ लाख ७ हजार ४ सय ४९ कित्ता शेयर ४१ हजार ५ सय ८५ पटक किनेबेच हुदा ३ अर्बको कारोबार भएको छ ।
यस दिन विकास बैंक, हाईड्रोपावर, फाइनान्स, निर्जिवन विमा समुह, अन्य र मअचुअल फन्ड समुहका लगानिकर्ताले कमाएका छन भने अरु सबै समुहका लगानिकर्ताले गुमाएका छन ।













